PMC Press

पोखरा महोत्सव र सांस्कृतिक कार्यक्रमहरू

Woman tourist taking photo of Doi Luang Chiang Dao mountains, Chiang mai, Thailand.

Share

नयाँ वर्ष नजिकिएसँगै पोखरामा विविध महोत्सव र कार्यक्रमहरूको घोषणा भइरहेका छन्। नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर लेकसाइड क्षेत्रमा १९औँ फेवा सडक महोत्सव आयोजना हुने भएको छ। होटल संघ पोखराले चैत ३० देखि वैशाख १ सम्म चल्ने यस महोत्सवमा पर्यटन, संस्कृति र खाना लाई मूल थिम बनाएको छ भनी जानकारी दिएको छ ।

त्यस्तै, पोखराका विभिन्न सांस्कृतिक संस्थाहरूले नयाँ वर्षमा कन्सर्ट, प्रदर्शनी र खेलकुद प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छन्। यी कार्यक्रमहरूले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै पोखराको पर्यटन सिजनलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।

Nepal Telecome